किरात समुदायले टुँडिखेलमा साकेला उधौली मनाए

काठमाडौँ - किरात समुदायले काठमाडौंको टुँडिखेलमा साकेला उधौली मनाएका छन् ।
किरात राई यायोक्खा काठमाडौंको आयोजनामा साकेला उधौली कार्यक्रमको आयोजना गरिएको हो । किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । मंसिर ३० गते मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाइएपनि शनिबार भने साकेला उधौली उत्सवको आयोजना गरिएको हो ।
देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती समुदायहरूले साकेला शिली नाच्दै शुभकामना आदान प्रदान गरेका थिए ।
साकेला पर्वमा परम्परागत वेशभूषामा सजिएर इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ ।
किरात समुदायले अन्नबाली भित्र्याएको खुसीयाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ ।
किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउँछन् ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया