एनपीएलको फाइनल हेर्न प्रचण्ड कीर्तिपुरमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू कीर्तिपुर पुगेका छन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल भइरहेको छ ।
त्यसैगरी गृहमन्त्री रमेश लेखक पनि खेल हेर्न त्रिवि मैदानमा पुगेका छन् ।
'प्ले अफ'मा जानुअघि १२ अंकका साथ शीर्ष स्थानमा सुदूरपश्चिम थियो भने जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको थियो ।
आज हुने फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया