आजै ब्युँताइएको कार्यदल बैठकमा संयुक्त मस्यौदाबारे छलफल जारी
काठमाडौँ : फुटको संघारमा पुगेको भनिएको सत्तारुढ एमालेलाई पुनः एकढिक्का बनाउने प्रयास तीव्र भएको छ । सहमतिका लाग प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको कार्यदल आज ब्युँताइएको थियो ।
कार्यदलको बैठक सहमति खोज्न सिंहदरबारमा जारी छ । ६ बजेबाट जारी बैठकमा दुवैतर्फका कार्यदलका संयोजक र सदस्यहरूको सहभागिता छ ।
बैठकमा सहभागी एक नेताका अनुसार एकताका लागि संयुक्त मस्यौदामा छलफल भइरहेको छ । सहमतिको मस्यौदा तयार गर्ने सहमति यसअघि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको थियो । अनौपचारिक सहमतिपछि कार्यदल ब्युँताइएको एक नेताले जानकारी दिए ।
कार्यदलमा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङको संयोजक र विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली सदस्य छन् । नेपालका तर्फबाट भीम रावल संयोजक घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य छन् ।
नेपाल समूहका संयोजक रावलले आइतबार राति अध्यक्ष ओलीलाई भेटेपछि आज कार्यदल ब्युँताइएको नेताहरूले बताएका छन् ।
एमालेमा प्रधानमन्त्रीसमेत रहेका ओलीको सिफारिसमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधि सभा अदालतबाट पुनःस्थापना भएमा नेता नेपाललाई सम्मानजनक स्थान दिएर ओली सरकारलाई निरन्तरता दिने विषयमा छलफल जारी छ । यो विषयमा सहमति भए पार्टी संरचना २०७५ जेठ २ कै अवस्थाबाट अघि बढाउन ओली तयार भएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया