रुसले भन्यो- अर्को क्यान्सर खोपको पनि चाँडै घोषणा गर्छौँ

मस्को- रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ ।
रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०२५ वाट नै आफ्ना जनतालाई निःशुल्क लगाउने घोषणा गरिसकेको छ । तर, रुस भन्दा बाहिरका देशका नागरिकले प्रत्येक खोपको कम्तिमा ४ लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नु पर्नेछ ।
यसैबीच सी स्वास्थ्य मन्त्रालयको नेशनल मेडिकल रिसर्च रेडियोलोजिकल सेन्टरको वेबसाइटका अनुसार क्यान्सरसँग लड्न दुई प्रकारका अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
उसका अनुसार यीमध्ये पहिलो एमआरएनए भ्याक्सिन हो, जो उसले केही दिनअघि मात्र घोषण गरेको हो भने दोस्रो ओन्कोलाइटिक भाइरोथेरापी हो, जो केही समयमा औपचारिक घोषणा गर्दैछ ।
यस थेरापी अन्तर्गत क्यान्सर कोशिकाहरूलाई लक्षित गरी प्रयोगशालामा परिमार्जन गरिएका मानव भाइरसहरूद्वारा संक्रमित गरिन्छ। जसका कारण क्यान्सर कोशिकाहरूमा भाइरस आफैं बढ्छ। फलस्वरूप क्यान्सर कोशिका नष्ट हुन्छन्।
अर्थात् यस थेरापीमा ट्युमरलाई सिधै नष्ट गर्नुको सट्टा रोग प्रतिरोधात्मक क्षमता सक्रिय गरेर क्यान्सरका कोशिकाहरूलाई नष्ट गरिने छ ।
यस थेरापीको लागि बनाइने भ्याक्सिनको नाम एन्टेरोमिक्स हो। यस खोपको अनुसन्धान चक्र पूरा भएको छ। छिट्टै घोषणा हुन सक्ने रुसी मिडियाले जनाएका छन् ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया