सुदूरपश्चिम पुगेर शेखरले भने- कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु

धनगढी- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्।
शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताए।
कोइरालाले भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन। सबैलाई न्याय हुन्छ।’ उनले त्यसको जिम्मा आफूले लिने बताए।
सुदूरपश्चिमको तीन दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको बताए।
‘विगतमा तपाईंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब पन्ध्रौं महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर, यसका लागि तपाईंहरूको सहयोग चाहिन्छ,’ कोइरालाले भने।
उनले पार्टीको पन्ध्रौं महाधिवेशन समयमै हुनुपर्ने बताए। समयमा महाधिवेशन नभए पार्टी कमजोर हुने र देशमा लोकतन्त्र संकटमा पर्ने बताए। देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताए।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको कोइरालाले दाबी गरे। उनले भने, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नैपर्छ। तर, सरकारको कार्यशैली भने सन्तोषजनक छैन।’
उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए।
सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक-फरक अन्तरक्रिया तथा छलफल गरेका थिए। कञ्चनपुरबाट सुरू भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो। कोइरालाले लगातार ६ घण्टा छलफल तथा अन्तरक्रिया गरेका थिए। जिल्लागत रुपमा जिल्लाका समस्याहरूको बारेमा उनले नौ वटै जिल्लालाई सम्बोधन समेत गरेका थिए।
भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरु पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरूलाई अवसरबाट बञ्चित गरेको गुनासो राखेका थिए।
उनीहरूले पन्ध्रौं महाधिवेशनमा आफूहरू डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए। उनीहरूले पार्टीभित्र रहेका विवादलाई सुल्झाउन कोइरालालाई सुझाव दिएका थिए।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया