आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

कांग्रेस नेता कुँवरको निधन

काठमाडौँ : नेपाली कांग्रेसका नेता रामजी कुँवरको कोभिड-१९ संक्रमणबाट निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसीयुमा उपचार गराइरहेका कुँवरको अपरान्ह साढे पाँच बजे निधन भएको डा. केदारनरसिंह केसीले जानकारी दिए । कुँवर डा. केसीका नातेदार पनि हुन् । 

कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष हुन् । गत स्थानीय तह निर्वाचनमा कुँवर कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको नगर प्रमुख पदको उम्मेदवार बनेका थिए ।