एनपीएलमा सबैभन्दा बढी विकेट लिने खेलाडी बन्लान् ललित ?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुँदैछ । उपाधिका लागि शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
जनकपुर बोल्टस्लाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टस्बीच भब्य प्रतिस्पर्धा हुँदैछ । जुन खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ ।
एनपीएलको जारी खेलमा सबैभन्दा बढी विकेट जनकपुरका ललित राजबंशीले लिएका छन् । उनले अहिलेसम्म १६ विकेट लिएका छन् भने दोस्रो नम्बरमा सुदूरपश्चिमका स्कट कुजेलेएिनले पनि १६ विकेट नै लिएका छन् । दुवै खेलाडी आज पनि खेल्ने भएकाले कसले बढी विकेट लिने हो ? त्यो भने हेर्न बाँकी रहेको छ ।
उता, चितवन राइनोजका सोहिल तनवीर र रिजन ढकालले क्रमशः १४ र १३ विकेट लिएका छन् । उनीहरुको तेस्रो र चौथों स्थान सुनिश्चित भइसकेको छ ।
आज हुने भब्य फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया