यी हुन् एनपीएलमा सर्वाधिक रन बनाउने चार खेलाडी, निसमलाई बन्न सक्छ पहिलो हुने अवसर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुँदैछ । उपाधिका लागि शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।
जनकपुर बोल्टस्लाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टस्बीच भब्य प्रतिस्पर्धा हुँदैछ । जुन खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ ।
एनपीएलका यसअघिका खेलमा सबैभन्दा बढी चितवन राइनोजका रवि बोपाराले २८६ रन बनाएका छन् भने दोस्रोमा लुम्बिनीका रोहित पौडेलले २७९ रन जोडन सफल भएका थिए ।
उता जनकपुर बोल्टस्का जेम्स निसमले २४३ रन बनाएर तेस्रो स्थानमा छन् भने पोखरा एभेन्जर्सका एन्डिज गोइजले २२४ रन बनाएर चौथों स्थानमा छन् । तर, अरु तीन जना खेलबाट बाहिरिए पनि जनकपुरका निसमले आज पनि खेल्ने भएकाले जारी एनपीएलमा सर्वाधिक रन जोडने खेलाडी दरिन सक्छन् ।
आज हुने भब्य फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया