यु–१६ मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित

यु–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ।
दशरथ रंगशालामा आज भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो। भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लिएको थियो। यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो।
नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो। खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन्। त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन्। खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन्। खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन्।
नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन्। अब नेपाली यु–१९ टोलीले यही पुस ७ गते आइतबार भूटानी यु–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया