स्याङ्जामा आगलागीबाट १५ लाखको क्षति

गएराति स्याङ्जाको भिरकोट नगरपालिका–१ भलुवाडाँडामा आगलागी भएको छ। भलुवाडाँडा बस्ने ८१ वर्षीय बेलनारायण श्रेष्ठको ढुङ्गा तथा माटोले बनेको कच्ची घर र गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेशलाल श्रेष्ठले बताए।
गए राति श्रेष्ठको एकतले कच्ची गोठबाट सुरु भएको आगोले निजकै कच्ची दुई तले घर र गोठमा क्षति पुगेको छ। विद्युत् सर्ट भई आगलागी भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। प्रहरी र स्थानीयले झण्डै एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।
आगलागीबाट दुई तले कच्ची घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। रातिको समयमा अकस्मात् घर जल्दा भित्रै रहेको एक लाख ३० हजार रुपैयाँ नगद, सुन सात तोला, भाँडावर्तन, लत्ताकपडा गरी १५ लाख रुपैयाँ बराबरको क्षति भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया