४५ लाख ठगीमा ‘पोई पर्यो काले’का निर्देशक शिशिर राणा पक्राउ

ललितपुर : ‘पोई पर्यो काले’ फिल्मका निर्देशक शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । उनलाई चेक बाउन्सको मुद्दामा पक्राउ गरिएको सिआईबी प्रहरी उपरिक्षक श्यामकुमार महत्तोले जानकारी गराएका छन् ।
उनलाई काठमाडौंको बिजुलीबजारबाट प्रकाउ गरिएको हो । राणाले साम्राज्ञीराज्य लक्ष्मी शाह र आकाश श्रेष्ठको जोडीलाई लिएर ‘तिमीसँग’ शीर्षकको फिल्म पनि निर्देशन गरेका छन् । २०७६ सालमा उनले घर व्यवहार चलाउन तथा व्यासायमा लगानी गर्नको लागि पैसा सापटी लिएका थिए । तर उनले पछि पैसा फिर्ता गर्ने समयमा ४५ लाखको चेक दिए तर उक्त चेकमा पर्याप्त रकम थिएन । उनले नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितको नाममा ४५ लाख रुपैयाँको चेक काटी दिएका थिए ।
मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएको कसुरमा पीडितले उनीमाथि प्रहरी तथा अदालतमा उजुरी दिएका थिए । उच्च अदालत पाटनले २०७७ पुस २६ गतेको उनलाई १० दिनको कैद र ४५ लाख जरिवाना हुने ठहर गरेको थियो । अदालतको सो आदेशअनुरुप उनलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ लगत्तै उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।
फिल्ममा प्रडक्सन म्यानेजरसँगै चरित्र अभिनेताको रुपमा दर्जनौं फिल्ममा देखिएका राणा एड फिल्ममेकर पनि हुन् । उनले केही समयअघि मात्र अभिनेता दिक्पाल कार्कीलाई लिएर ‘पोई पर्यो काले’को दोस्रो भाग बनाउने घोषणा गरेका थिए । तर, उनको सो घोषणामा फिल्म निर्माता किरण नेपालीले आपत्ति जनाएपछि त्यो फिल्मको काम अघि बढ्न सकेको छैन ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया