शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

लोडसेडिङ हुदाँ खुसी हुनेलेनै लोडसेडिङको हल्ला फैल्याए: कुलमान घिसिङ

फाइल फोटो

नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमात भएको बताएका हुन् । उक्त जमातलेनै लोडसेडिङको हल्ला फैल्याएको बताए ।

उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताउनु बताए । उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने वित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे ।

उनले व्यस्त समयमा केहि मात्रै उद्ययोगको लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्ययोगीहरु त्योहि व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए । उनले भने तामाकोसी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ । नेपालयको पूवाधार क्षेत्रमा ठुला ठुला विकासका परियोजनाहरुको काम भइरहेको छ । वत्ति र बाटोको विकास भएको छ । जुन हाम्रो ठुलो पूर्वाधारको विकासको अधार हो । नेपालको विद्युत क्षेत्रको ठुलो विकास हुनेवाला छ । यसका लागि ठुलो लगानी आवश्यक रहेको छ । हाम्रा ठुला परियोजनहरुका लागि वैदेशिक लागनी चहिन्छ । लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ ।’

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले दिनको विकल्प नभएको उल्लेख गरे । उनले दुई चार घण्टा वत्ति कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताए ।

उनलद २४ सै घण्टा लाइन दिदा पनि ८ घण्टा भन्दा बढी उद्योग चल्ने अवस्था नभएको बताए । उनले पूर्वधार विकासको मुख्य मेरुदण्ड जलविद्युत रहेको बताए ।

बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यकः मन्त्री दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन । उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल योजना छनोट गर्नु पर्नेमा जोड दिए । उनले माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नु पर्ने बताए ।

मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेट माथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने बताए । उनले पुलमा मात्रै अघिल्लो सरकारले ६९ लाख बजेट छुट्यो तर पुलको सख्या ६५३ रहेको भन्दै यो बजेटले पुल बन्न नसक्ने बताए ।

मन्त्री दाहालले कर बनाउने आयोजना लगानी गर्न मन्त्रालय प्रयासरत रहेको जिकिर गरे । उनले सरकारले विकास निर्माण मैत्री ऐनहरु बनाइने बताए । उनले सरकारले योजना आयोगले बनाएको योजना बैंकमा भएका आयोजनाहरुलाई वेवास्था गरेको भन्दै अब त्यसमा सुधार गर्न आवश्यक रहेको बताए ।

 उनले सरकारले पूर्वाधार निर्माणका आयोजनाहरुलाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रमा समस्यामा कमी आउने बताए । उनले भन्नुभयो,‘पूर्वाधार निर्माणमा सरकारले योजना आयोजले बनाएको योजना बैंक मार्फत लिएर काम गर्नु पर्नेमा सरकारले वेवास्था गरेका छौं । त्यसलाई सुधार गर्न आवश्यक छ ।

सरकारले बजेटमा आयोजनाहरु ल्याउँदा प्राथमिकताका आधारमा छनोट हुन जरुरी छ । आयोजनाहरु छनोट हुँदा आयोजनाले मुलुकलाई प्रतिफल दिने हुनु पर्छ । त्यति मात्रै नभएर प्राथमिकताका आधारमा छनोट भएका आयोजनाले उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ ।’ मन्त्री दाहालले मुलुकमा रहेका रुग्ण आयोजनाहरुलाई लोमा समय राख्न नहुने पक्षमा सरकार रहेको बताए ।

उनले निर्माण व्यवसायीहरुसँगको सहकार्यमा मन्त्रालयले रुग्ण आयोजनाको विषयलाई टुङ्गोमा पु¥याउने बताए । उनले निर्माण व्यवसायीहरुको भुक्तानीलाई पनि सरकारले निरन्तर रुपमा भुक्तानी दिइरहेको बताए । उनले निर्माण व्यवसायीहरुको ३ अर्ब भुक्तानी बाँकी रहेको भन्दै सरकारले केही दिनभित्रै भुक्तानी दिइसक्ने उल्लेख गरे ।

उनले पूर्वाधार निर्माणका कार्यलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बता ए । उनले नारायणगढ–बुटवल सडक निर्माणको काम सुरु भएको बताए । उनले ठेकेदार कम्पनीले सडक निर्माणको काम अघि बढाउनेमा विश्वास रहेको बताए । उनले पूर्वाधार विकास विना मुलुकको अर्थतन्त्रको विकास हुन नसक्ने दाबी गरे । मन्त्री दाहालले मुलुकको आर्थिक विकासको लागि पूर्वाधारको विकासलाई पनि सरकारले प्राथमिकता दिएको पनि बताए ।