दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या

काठमाडौँ- जनकपुरमा एक वृद्धको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ।
टाउकोमा इट्टा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।
बाहिरबाट अर्को व्यक्ति आएर उनी सुत्ने ठाउँमै रक्सी र चुरोट खाएको सोही क्रममा झगडा हुँदा हत्या भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

माइलेज च्याम्पियन सकियो, चन्देश्वर सिंह विजयी

परेन पानी, भएन रोपाइँ

प्रतिक्रिया