संसद्का ४ वटा समितिको बैठक बस्दै, कुन समितिको कति बजे ?

काठमाडौँ- संघीय संसद्का ४ वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ, जुन बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ, जसका लागि बिहान ११:०० बजे बैठक बोलाइएको छ ।
उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपरान्ह १२:३० बजे बोलाइएको छ । जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
साथै विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । जुन बैठक बिहान ११:३० बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिका सदस्यहरूले विभिन्न स्थानमा गरेका स्थलगत अनुगमन प्रतिवेदनमाथि र समितिको आगामी कार्यक्रम सम्बन्धमामा छलफल गर्नका लागि बिहान ११:३० बजे बैठक बोलाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया