यु-१९ एसिया कप क्रिकेट : फाइनलका लागि बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ- यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल प्रवेशका लागि मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीच आज बिहान ११:४५ बजे खेल हुँदैछ ।
पाकिस्तानलाई हराएको नेपालले यसअघि खेलका भारत र श्रीलंकाको टोलीसँग अंक बाँड्नु परेको थियो ।
हिजो भएको सुपर–४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको थियो भने बंगलादेश पनि ४ अंकको हैसियतमा आज नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । नेपालले अब सुपर–४ को अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्दैछ ।
सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया