धापासीस्थित एक घरमा भीषण आगलागी

काठमाडौँ - टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिइन् ।
साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताइन् । आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
आगो पूर्णरुपमा नियन्त्रणमा आउन केही समय लाग्ने वडाध्यक्ष पौडेलले बताइन् । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

प्रतिक्रिया