नेपालमा थप २ हजार ६२२ मा संक्रमण, २३ को मृत्यु

काठमाडौँ : नेपालमा सोमबार थप २ हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४ सय ९९ पीसीआर परीक्षणका क्रममा १ हजार ७ सय ४५ र ४ हजार २८ एन्टीजेन परीक्षणका क्रममा थप ८७७ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोभिड संक्रमितको संख्या ६ लाख ८५ हजार ३ सय ६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय ४८ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।
त्यस्तै थप २ हजार २ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ११ हजार २९ जनाले कोभिड संक्रमित जितेका छन् । हाल नेपालमा २५ हजार ६९० सक्रिय संक्रमित आइसोलेशन र ३१७ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ७६ हजार ४१ वटा पीसीआर र २ लाख ८ हजार २ सय ७६ वटाा एन्टीजेन परीक्षण गरिएको छ ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

प्रतिक्रिया