अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा नगर्न सांसदहरूको माग
काठमाडौँ - संसदहरूले अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्ने सुझाव दिएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ताहरूसंगको छलफलका क्रममा उनीहरूले केही दिनमा नै अनिवार्य अवकाशमा जान लागेका कर्मचारीलाई माथिल्लो तहमा बढुवा गर्दा थप पेन्सनको भार थपिने भएकाले यस्ता काम रोक्नुपर्ने सुझाव दिएका हुन् ।
माथिल्लो तहमा कर्मचारीको बढुवा गर्दा खुला प्रतिस्पर्धाको प्रतिशत बढाउनुपर्ने समेत सांसदहरूको सुझाव छ । बैठकमा सांसद अमरेश कुमार सिंहले निजामती सेवाबाट अवकाश प्राप्त भइसकेपछि विदेशको पिआर लिने र वर्षमा एक पटक आएर पेन्सन थाप्ने कामको अन्त्य हुनुपर्ने सुझाव दिए ।
अवकासप्राप्तपछि बिदेशको पिआर लिएर बस्नेलाई पेन्सन रोक्नुपर्ने उनले बताए । त्यस्तै उनले सम्मानको नाममा अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने प्रचलन समेत रोक्नुपर्ने उल्लेख गरे ।
त्यस्तै अन्य संसदहरूले काजको व्यवस्था हटाएर तोकिएको निकायले खटाएको ठाँउमा जानै पर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सय भन्दा बढि संसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

एकीकृत समाजवादीले समान विचारधाराका वाम समूहलाई समाहित गर्ने

संसदीय समितिमा संवैधानिक परिषद् विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै, सांसदहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

प्रतिक्रिया