साउदी पेट्रोलियममा मात्र निर्भर नरहने, फेला पार्यो लिथियमको भण्डार

रियाद- पेट्रोलियम पदार्थको भण्डारमा धनी साउदी अरबले अब अर्को ठूलो उपहार पाएको छ ।
साउदी अरबको ठूला तेल कम्पनीको आयोजना पूरा हुन लागेको छ । तर यसैबेला साउदी कम्पनीले आधुनिक तेलको ठुलो खानी पनि पत्ता लगाएका छन् । साउदी अरबको सामुद्रिक क्षेत्रमा पहिलो पटक लिथियमको भण्डार फेला परेको छ । तेल कम्पनी आरामकोले तेल क्षेत्रमा पाइलट प्रोजेक्ट सुरु गर्दा सो लिथियमको भण्डार फेला पारेको हो ।
अब साउदी अरेबियाले लिथियम सीधै निकाल्नका लागि व्यावसायिक पाइलट कार्यक्रम सुरु गर्ने भएको छ। लिथियमलाई सेतो सुन र आधुनिक तेल पनि भनिन्छ। लिथियम धेरै मूल्यवान मानिन्छ। यसलाई विद्युतीय सवारी साधन र स्मार्टफोनको ब्याट्री बनाउन प्रयोग गरिन्छ। संसारभर यसको राम्रो माग छ।
यस परियोजनाको जिम्मा किंग अब्दुल्लाह विश्वविद्यालय विज्ञान तथा प्रविधिलाई दिइएको छ । स्टार्टअप लिथियम इन्फिनिटी प्रोजेक्ट अन्तर्गत समुद्री क्षेत्रबाट लिथियम निकालिने छ। साउदी मन्त्रीका अनुसार यो आयोजना खानी कम्पनी मादेन र अराम्कोले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् । विश्वविद्यालयले लिथियम निकाल्ने नयाँ प्रविधि आविष्कार गरेको छ । तर, कति मात्रामा लिथियम छ भन्ने बारेमा कुनै खुलासा गरिएको छैन, यद्दपी यति चाँही भनिएको छ कि लिथियमका कारण पनि साउदीको अर्थतन्त्र चलयामान हुनेछ ।
आज विश्वभरका देशहरूले जीवाश्म इन्धन सवारी साधनहरू लगातार घटाउँदै छन्। आगामी दशकमा लिथियमको माग जीवाश्म इन्धनको बराबर नै हुने जनाइएको छ । लिथियम ल्यापटप, विद्युतीय सवारी साधन, स्मार्टफोन र अन्य उपकरण बनाउन प्रयोग गरिन्छ। युनाइटेड अरब इमिरेटसका कम्पनीहरूले पनि यस क्षेत्रमा लिथियमको अन्वेषणमा निरन्तर काम गरिरहेका छन्।
विश्वका धेरै देशमा प्रविधिको सहयोगमा नुन पानीबाट लिथियम निकाल्ने काम भइरहेको छ । साउदी मन्त्रीका अनुसार तेल क्षेत्रको नुन पानीबाट लिथियम निकाल्न धेरै खर्च हुने गरेको छ । आगामी दिनमा विश्वभर लिथियमको मूल्य बढेमा साउदी अरेबियालाई फाइदा हुनेछ । साउदी अरबको अर्थतन्त्र विगत केही दशकदेखि पेट्रोलिमय पदार्थमा मात्र निर्भर रहदैँ आएको थियो ।
तर, साउदी अरबले विद्युतीय सवारी साधनको हब बनाउन हरेक वर्ष करोडौं डलर खर्च गरिरहेको छ । साउदी राजकुमार चिन्तित छन् कि आफ्नो देशको तेल भण्डार सकिए अर्थतन्त्र कसरी चल्ने ? त्यसैले साउदीले अर्बौं खर्च गरे लिथियम भण्डार खोजिरहेको छ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया