एक ६७ वर्षीया वृद्धा : ‘अनलाइन लभ’मा डुबाइन् ४.४ मिलियन डलर

मलेसिया- एक ६७ वर्षीया मलेसियाली महिला सात वर्षसम्म चलेको अनलाइन प्रेममा परेर करोडौं डुबाएकी छिन् ।
झुटो अनलाइन प्रेममा परेकी उनले यसबीचमा लगभग ४.४ करोड आरएम अर्थात २.२ मिलियन गुमाएका खबरले अचम्म पारेको छ । तर त्योभन्दा अचम्म उनले आफ्नो कथित प्रेमीलाई प्रत्यक्ष रूपमा कहिल्यै भेटिनन् ।
यो सनसनीपूर्ण केसको जानकारी मलेसियाका आयुक्त दातुक रामली मोहम्मद युसुफले सार्वजनिक गरेका हुन् । मलेसियाको बुकित अमान कमर्शियल क्राइम इन्भेस्टिगेशन डिपार्टमेन्ट (सीसीआईडी) का निर्देशकले हालै एक पत्रकार सम्मेलनमा गरेर यो ‘फेक लभ स्टोरी’ सार्वजनिक गरेका हुन् ।
यो फेक लभको सिलसिला अक्टोबर २०१७ बाट सुरु भएको थियो, जब महिलाले फेसबुकमा एक जना व्यक्तिलाई सम्पर्क गरे, जसले आफूलाई एक अमेरिकी व्यापारीको रूपमा चिनाएका थिए र आफूले सिंगापुरमा चिकित्सा उपकरणहरू बिक्री गर्ने गरिरहेको बताएका थिए । उनलाई महिलाको विश्वास जित्न धेरै समय लागेन र एक महिनामै उनीहरूले अनलाइन सम्बन्ध सुरु गरिहाले ।
यसैबीच ती कथित व्यापारीले महिलालाई मलेसियाबाट अमेरिकामा सार्न आर्थिक कठिनाइको सामना गर्नु परेको भन्दै पैसाको मद्दत मागे, त्यसपछि महिलाले उनलाई पहिलो पटक आरएम ५००० पठाइन् । समय बित्दै जाँदा व्यक्तिगत र व्यावसायिक संकटको बहानामा महिलासँग ती पुरूषले पैसाको माग गरी नै रहे, महिलाले दिँदै गइन् ।
यस अवधिमा महिलाले कुल ३०६ बैंक ट्रान्सफर भएको थियो, उनले ती व्यक्तिको विभिन्न ६० वटा खाताहरूमा पैसा पठाइन्, अहिलेसम्म ती महिलाले ४.४ मिलियन पैसा पठाइसकेको खुलेको ती अधिकृतले बताए ।
ती महिलाले धेरै पैसा आफ्ना साथीभाइ र परिवारबाट सापटी लिएकी थिइन्। सबैभन्दा अचम्मलाग्दो कुरा के छ भने ती महिलाले उक्त व्यक्तिसँग कहिल्यै भेट र प्रत्यक्ष कुरा भने गरेकी थिइनन् । दुईबीच फोन कल मात्र भएको थियो र ठगले सधैं भिडियो कल वा भेटघाटबाट जोगिन्थ्यो, यसका लागि उनले बहाना बनाइरहे र पैसा तानिरहे ।
अन्ततः नोभेम्बर २०२४ मा ती वृद्धाले एक साथीलाई यो कुरा बताइन्, जसले उनलाई महसुस गराए कि उनी ठूलो घोटालाको शिकार बनि सकेकी छिन्। यस घटनापछि मलेसियाली अधिकारीहरूले मानिसहरूलाई अनलाइन सम्बन्धको कुरा बाहिर ल्याएका हुन् । त्यसपछि मलेसियन प्रहरीले भनेको छ कि विशेष गरी कुनै पनि वित्तीय लेनदेन संलग्न हुँदा सावधान रहनुहोस् ।
आयुक्त रामलीले सर्वसाधारणलाई आर्थिक लेनदेनको माग गर्ने यस्ता अनलाइन सम्बन्धबाट टाढा रहन पनि आग्रह गरेका छन् । यो घटना एक चेतावनी हो कि स्क्यामरहरू तिनीहरूको विधिहरूमा बढ्दो परिष्कृत हुँदैछन् र अनलाइन सम्बन्धहरूमार्फत मानिसहरूलाई लक्षित गर्दैछन् । प्रहरीले वृद्धासँग पैसा लुट्ने व्यक्ति खोजिरहेको जनाएको छ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया