संघीय संसद्का चार वटा समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसदका चार वटा समितिको बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयका बैठक कक्षमा बस्नेछ ।
जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिइडीएडब्लुको आधारभूत सिफारिस नं ३९ सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ । जसअनुसार सो बैठक बिहान ११:०० बजे बस्नेछ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा संकल्प प्रस्ताव कायान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेश भएको प्रतिवेदन उपर छलफल हुने जनाइएको छ । जसका लागि ११:३० बजे बैठक बोलाइएको छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । दुवै समितिको बैठक क्रमशः १:०० र ११:३० मा बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया