कतारको राष्ट्रिय दिवस मनाइयो

काठमाडौँ - कतारले विभिन्न कार्यक्रम गरी राष्ट्रिय दिवस मनाएको छ ।
कतारका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतार एकीकरणको स्मरण गरी राष्ट्रिय दिवस मनाइन्छ । थानीले सन् १८७८ को डिसेम्बर १८ देखि आधुनिक कतार राज्यको अवधारणा ल्याएर कतार एकीकृत, एकताबद्ध र स्वतन्त्र राज्यका रुपमा अघि बढाएका थिए ।
विभिन्न देशमा रहेका कतारका राजदुतावासले पनि राष्ट्रिय दिवस मनाउने गरेका छन् । राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित कतारी राजदुतावासले काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय दिवसका अवसरमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारी जनतालाई शुभकामना दिएका थिए ।
नेपालका लागि कतारी राजदुत मिशाल विन मोहमद अलअन्सारी र उपराष्ट्रपति यादवले संयुक्तरूपमा केक काटेर रात्रिभोजको सुरूवात गरेका थिए ।
नेपाल कतार बीचको सम्बन्ध सन् १९७७ मा स्थापना भएको हो । यस वर्षको अप्रिलमा कतारका अमिरले नेपाल भ्रमण गरेका थिए । डिसेम्बर १८ कतारले राष्ट्रिय एकता हासिल गरेको र स्वतन्त्र राज्य बनेको दिन हो ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया