पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्छ: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने बताए ।
‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा आज धुलिखेलमा आयोजित कार्यशालामा उहाँले आगामी एक साताभित्र विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण थाल्ने गरी प्रक्रिया प्रारम्भ भएको बताए ।
“गत असोजको बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको विवरण स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त हुनेबित्तिकै गृह मन्त्रालयले बनाएको पुनर्निर्माण कार्यविधि मन्त्रिपरिषद्मा पेस भई निर्णय भइसकेको छ, क्याबिनेटको विधायन समितिमा विचाराधीन उक्त कार्यविधि आगामी एक साताभित्रमा निर्णय भई पुनःक्याबिनेट बैठकले अनुमोदन गरेपछि पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढ्छ”, मन्त्री यादवले भने ।
मन्त्री यादवले पुनर्निर्माणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीररुपमा लिनुभएको उल्लेख गर्दै सरकारले आफूसँग भएको स्रोत–साधन परिचालन गरी पुनर्निर्माण गर्ने बताए ।
मन्त्री यादवले विशेष गरी खानेपानीको संरचनामा भएका क्षतिबारे आफूले स्थलगत निरीक्षण गरेको बताउँदै स्थानीय तहले जिम्मा लिई हाल पुनर्निर्माण गर्न नसक्ने अवस्थामा रहे खानेपानी मन्त्रालयले पुनर्निर्माण गर्ने बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यत्रय कञ्चनचन्द्र वादे श्रेष्ठ, रत्न ढाकाल र लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, रोशी गाउँपालिकाका प्रमुख दिनेश लामा लगायतले जाडो याममा नागरिकले कष्टकर जीवन बिताउनु परेकाले विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तत्काल थाल्नुपर्ने विचार व्यक्त गरेको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया