शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

पावर प्लेमा सुदुरपश्चिम आक्रामक

काठमाडौं - सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसबिरूद्ध आक्रामक सुरुवात गरेको छ। 

त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदान नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम आक्रामक भएको हो ।

फाइनल पुग्न जनकपुरले पेस गरेको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमा विना विकेट क्षतिमा ४८ रन बनाएको छ। 

ओपनर सैफ जैब र विनोद भण्डारीले सुदूरलाई उत्कृष्ट सुरुवात दिएका छन्। हालः क्रिजमा सैफ जैब २८ र विनोद भण्डारी १६ रनमा खेलिरहेका छन्।