मुगुका विद्यार्थीलाई न्याना कपडा वितरण

मुगु - चिसोले कष्टकर दिन कटाइरहेका यहाँका दलित बस्तीका नागरकि र विद्यार्थीलाई चिसो छल्न न्याना कपडा वितरण गरिएको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शविकुमार पन्तको सहयोगमा र मुगुमा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा मुगुम कार्मारोङ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु गाउँका दलित समुदायसँगै उक्त गाउँमा रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको हो ।
पन्तले मङ्गलबार मुगुम कार्माराङ–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायलमा पुगी १२८ विद्यार्थीलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा–१३ लापु दलित बस्ती र लापुमै रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत ३० विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन् ।
लापु गाउँको दलित बस्ती अवस्था र चिसोबाट मुगुका विद्यार्थीमा पठनपाठनमा समस्या भएको विभिन्न सञ्चारमाध्यमा समाचार आएपछि आफूलगायत वैदेशकि रोजगारीमा रहेका केही साथीको सहयोगमा विपन्न, दलित समुदाय र उनीहरूका विद्यालय जाने बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी साम्रगी सहयोग गरेको उनले बताए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया