सिस्नेरी-दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

मकवानपुर- हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडकअन्तर्गत दक्षिणकाली-मलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी-फाखेल-मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

हिल्सा–सिमिकोट सडकको सम्भाव्यता अध्ययन

पहिराले गुल्मीको रिडी-वामीटक्सार सडकमा आवागमन रोकियो

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

प्रतिक्रिया