इयुद्वारा टर्कीलाई शरणार्थी कोषका लागि थप एक अर्ब युरो घोषणा

अङ्कारा- युरोपेली सङ्घले टर्कीलाई सिरियाली शरणार्थीहरूको हेरचाह गर्न थप एक अर्ब युरो कोष दिने युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले मङ्गलबार बताएकी छन् ।
“सन् २०२४ का लागि थप एक अर्ब युरो आउँदैछ”, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले भनिन्, “कोषले टर्कीमा शरणार्थीहरूको स्वास्थ्य सेवा र शिक्षाको आवश्यकतालाई सहयोग गर्नेछ र सिरियाली शरणार्थीहरूको स्वैच्छिक फिर्तीसहित आप्रवासन र सीमा व्यवस्थापनमा योगदान दिनेछ ।”
सन् २०११ मा गृहयुद्ध सुरु भएपछि सुरक्षाको खोजीमा सीमापार भागेका करिब ३० लाख शरणार्थीलाई टर्कीले आश्रय दिएको छ । दमास्कसमा सत्ता परिवर्तनले तिनीहरूमध्ये धेरैलाई घर फर्कन दिने अङ्काराले आशा गरिरहेको छ ।
“जमिनमा परिस्थितिहरू विकसित हुँदै जाँदा हामीले यो एक अर्ब युरोलाई सिरियामा हुनसक्ने नयाँ आवश्यकताहरूमा अनुकूलन गर्न सक्छौँ”, उनले भनिन् ।
टर्की आर्थिक सङ्कटबाट गुज्रिरहेकाले हालैका वर्षहरूमा शरणार्थीको प्रश्नले टर्कीमा बढ्दो घरेलु तनाव उत्पन्न गरेको छ । यसले एर्दोगनलाई राजनीतिक रूपमा चोट पुर्याएको छ।
असदको पतनको केही दिनभित्रै टर्कीले उनीहरूलाई फर्कन अनुमति दिन आफ्नो सीमा पार गर्ने क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्न द्रुत गतिमा कदम चाल्यो ।
सन् २०१२ देखि इयुले आप्रवासनमा सहयोग गर्न टर्कीलाई करिब १० अर्ब युरो कोष प्रदान गरेको छ ।
सन् २०१६ मा अङ्कारा र ब्रसेल्सले एक विवादास्पद सम्झौता गरेका थिए । सम्झौताअन्तर्गत इयुले युरोप पुग्ने कुनै पनि अनियमित आप्रवासीलाई फिर्ता लिएबापत टर्कीलाई पैसा दिने सहमति गरेको थियो । (एएफपी)

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया