पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार छन्, अब युद्ध रोक्न जरूरी छः ट्रम्प

काठमाडौँ - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न अपिल गरेका छन् ।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग युद्ध रोक्न वार्ता गर्नेसमेत बताएका छन् ।
मिडियासँग कुरा गर्दै ट्रम्पले युद्ध रोक्न जेलेन्स्की पुटिनसँग सम्झौता गर्न तयार हुनुपर्ने बताए । युद्ध रोक्न दुवै देशले सम्झौता गर्नुपर्छ । यद्यपि, ट्रम्पले युद्ध रोक्ने आफ्नो योजनाको कुनै विवरण भने दिएनन्।
ट्रम्पले युद्धका कारण अधिकांश विवादित क्षेत्र भग्नावशेषमा परिणत भएको र यसलाई मर्मत गर्न १०० वर्षभन्दा बढी समय लाग्नेसमेत बताएका छन् । उनले भने, ‘त्यस्ता धेरै सहर छन्, जहाँ एउटा पनि भवन बाँकी छैन, सबै नष्ट भएको छ।’
‘रुस–युक्रेन युद्धका धेरै तस्विरहरू छन् जसमा शवहरू नराम्रो अवस्थामा परेका छन् । यी देख्दा मलाई सन् १८६१–१८६५ सम्म चलेको अमेरिकी गृहयुद्धका भयावह तस्विरहरू याद आउँछ,’ उनले भने ।
यसअघि अमेरिकी चुनावका बेला डोनाल्ड ट्रम्पले बाइडेन प्रशासनले युक्रेनलाई दिएको अर्बौं डलरको सहायतामाथि प्रश्न उठाएका थिए । गत साता टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुस–युक्रेन युद्ध जतिसक्दो चाँडो रोक्न चाहेको पनि बताएका थिए ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया