रूससँगको युद्धमा कम्तिमा ३० उत्तर कोरियाली सैनिक मारिएको युक्रेन र अमेरिकाको दाबी

किभ- रूस–युक्रेन युद्धमा कम्तिमा ३० उत्तर कोरियाली सैनिक मारिएका छन् ।
युक्रेनको मिलिटरी इन्टेलिजेन्स र पेन्टागनले युक्रेनी सेनाले रुसको कुर्स्क सीमा क्षेत्रमा रुसी सेनासँग मिलेर लडिरहेका उत्तर कोरियाली सेनालाई मारेको र घाइते बनाएको बताएको छ ।
युक्रेनको सैन्य खुफिया एजेन्सी गुरका अनुसार उत्तर कोरियाली सेना एकाइले महत्वपूर्ण क्षति भोगेको छ, जसमा कम्तीमा ३० सैनिक मारिएका छन् भने युक्रेनी हमलामा घाइते भएका उत्तर कोरियाली सैनिकहरू कुर्स्क क्षेत्रमा, प्लेखोभो, वोरोब्झा र मार्टिनोभका गाउँ नजिक उपचाररत रहेका छन् ।
‘कुरिलोभका गाउँको क्षेत्रमा पनि कम्तिमा तीन उत्तर कोरियाली सैनिक बेपत्ता भएका छन्,‘ गुरूले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
दक्षिण कोरिया, अमेरिका र युक्रेनी गुप्तचरका अनुसार उत्तर कोरियाका करिब ११ हजार सैनिकहरू युक्रेनी सेनाविरुद्ध अग्रपंक्तिमा लड्नका लागि रुसमा कार्यरत रहेका छन ।
अधिकांश उत्तर कोरियाली सेनाहरू रुसको कुर्स्क क्षेत्रमा तैनाथ गरिएको छ, जुन क्षेत्रमा अगस्टमा युक्रेनले रुसी भू भागमा अचानक आक्रमण गरेपछि आंशिक युक्रेनी नियन्त्रणमा रहेको अवस्था छ। रूसले आफनो भुमी फिर्ता लिनका लागि उत्तर कोरियाली सैनिकलाई सो क्षेत्रमा खटाएको हो ।
वाशिंगटन डीसीमा पत्रकारहरूसँग कुरा गर्दै पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट राइडरले युक्रेनी सेनाको दावीलाई सही भनेका छन । भने, ‘अमेरिकाले कुर्स्कमा लडाईमा उत्तर कोरियाली सेनाहरू मारिएको र घाइते भएको पुष्टी भएको ठानेको छ ।’
रूसले विरलै आफ्ना सेनाहरू र यसका सहयोगीहरूको हताहतको विवरण सार्बजनिक गर्ने गरेको छ । तर, जारी युद्धमा कोरियाली सैनिक मारिएको भन्ने युक्रेन र अमेरिकाको दाबीका बारेमा हालसम्म क्रेमलिनले कुनै प्रतिक्रिया दिएको छैन ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया