एमाले डोटीको अध्यक्षमा मलासी निर्वाचित

डोटी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो ।
निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन् । मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् ।
एमाले डोटीको जिल्ला अधिवेशन पटक-पटक सर्दै आएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया