चिनियाँ राष्ट्रपति चिनफिङसँगको अन्तरर्क्रियामा ओली, देउवा, दाहाल, नेपाल र भट्टराई सहभागी हुँदै

काठमाडौँ : चिनियाँ राष्ट्रपति सि चिनफिङ मुख्य वक्ता रहेको 'विश्वका राजनीतिक दल सम्मेलन' मा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । मंगलबार (भोलि) साँझ साढे पाँच बजे उक्त सम्मेलनमा नेपालका नेताहरू सहभागी हुने जानकारी दिइएको छ ।
एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी इतरका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनेछन् । कम्युनिस्ट नेताहरूकै सहभागीता बढि रहने उक्त सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजावादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी हुने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्थापनाको एक सय वर्ष पुगेको अवसरमा नेपाललगायत विश्वका नेताहरूसँग अन्तरक्रिया गर्ने क्रममा नेपाली नेताहरू पनि सहभागी हुने भएक हुन् । नेपालबाट अन्तरक्रियामा कम्युनिस्ट पार्टीहरूको अलवा अन्य राजनीतिक दलबाट पनि सहभागीता रहने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि याे सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै अन्य राजनीतिक दलका नेताहरू पनि सहभागी हुनेछन् । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सीले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरूले पठाएको भिडियो सन्देश प्रशारण हुनेछ । सम्मेलनमा अनौपचारिक दोहोरो छलफल पनि हुन सक्ने अधिकारीहरूले बताए ।
चीनले सीपीसी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रूपमा मनाइरहेकाे अवस्थामा यो छलफल जुरेको हो । कोभिड-१९ नभएको भए चीनले सयौँ नेतालाई बेइजिङमा उतारेर भव्य सम्मेलन गर्ने तयारी गरेकाे थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया