एमाले हेटौंडा उपमहानगरपालिका अध्यक्षमा बोलबहादुर कार्की निर्वाचित

नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ।
मतदान प्रक्रियामा कार्कीले १ सय ७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन) ले १ सय ३३ मतमा सीमित हुनु परेको थियो। त्यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुदाँ उपाध्यक्षका अर्का उम्मेदवार धनबहादुर मोक्तानले ७४ र इन्द्रप्रसाद खतिवडाले ६८ मत मात्रै ल्याउन सकेका छन्।
सचिवमा शान्ता गौतम (प्रदीप) पनि मतदान प्रक्रियाबाट नै निर्वाचित भएका छन्। गौतमले १ सय ९७ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रकाश बानियाँले ८७ मत पाएका छन्। उपसचिव खुलामा शान्तकुमार तामाङ ७४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू सुरेश मिजारले ६७, कवि रेग्मीले ४१, भीम तिमल्सिनाले ३४, शिवबहादुर थापाले ३९ र अर्जुनप्रसाद अर्यालले ३१ मत ल्याएका थिए।
महिला उपसचिवमा चन्द्रावती पनेरु (अधिकारी) ले १ सय ४६ मत ल्याइ निर्वाचित हुँदा उपसचिवका अर्का उम्मेदवार रञ्जिता सिलवालले ७९ र जुना दङ्गालले ६९ मतमा सीमित भएका छन्।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया