शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा

काठमाडौं - बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला भएको घोषणा गरेको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने र अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको जानकारी दिएको छ ।

बीवाईडी एम६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ ।

बीवाईडी एम६ मा अतुलनीय कम्फर्ट र स्पेस रहेको छ । यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ ।

पावरफुल परफर्मेन्स यसको अर्को विशेषता हो । यसमा भएको १०० किलोवाट हाई-पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ ।

यसमा फास्ट चार्जिङ विकल्प पनि छ । बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । यसबाट ३७।४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । यस कारण व्यस्त दैनिकी भएकाहरूका लागि यो परफेक्ट सवारी छ ।

एड्भान्स्ड सेफ्टी अर्को विशेषता हो । एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ ।

गाडी टेक–फरवार्ड डिजाइन सहित उपलब्ध छ । यो गाडीमा रहेका १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ ।

नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यका लागि बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको कम्पनीको भनाइ छ । कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ ।

हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन् । आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनीय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ । यो आकर्षक अफरका कारण सुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सक्ने छन् ।

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?