कोभिडविरुद्धको खोप वितरणमा समानता होस्: बान कि मुन

बेइजिङ : संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोभिड विरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरूले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।
उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरूले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिए । एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने, 'यो अवस्थामा विश्वलाई नै महामारीबाट बचाउनुपर्छ र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी छ ।'
उनले अहिले जलवायु परिवर्तनको चपेटामा पनि मानिसहरू परिररहेका प्रसंग उल्लेख गर्दै जलवायु परिवर्तनले मानिसहरूको विस्तारै अर्थात नजानिँदो रूपले ज्यान लिइरहेको र यो कोभिडले चाँडो चाँडो ज्यान लिएको तर्क गरे । यी दुवै समस्याविरुद्धमा विश्व एक भएर लड्नुपर्नेमा पनि उनले जोड दिए ।
अमेरिकामा कोभिडले एक सातामै ३५० जनाको मृत्यु

दक्षिण कोरियाली प्रहरीद्वारा विद्रोहको आरोपमा पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्…

जापानमा पक्राउ परे सिरियल बलात्कारी, ५० महिला बलात्कार गरी बनाए ३ हजार भिडि…

शरिरका १३ अङ्ग फालेर पनि बाँचिरहेकी छिन् बेलायती महिला
भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित
बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित

५० हजारभन्दा बढी बङ्गलादेशी नागरिकको रोजगारी गुम्यो

प्रतिक्रिया