मन्त्रिपरिषद् निर्णयः पाराश्चर ढुङ्गाना मेलमिलाप आयोगको सचिव

काठमाडौं - सरकारले यसअघि सम्पन्न मन्त्रीपरिषद बैठकको १४ निर्णय सार्वजनिक गरेको छ ।
जसअनुसार उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ, जस अनुसार पौडेल थाइल्याण्ड प्रस्थान गरिसकेका छन् ।
अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३ गतेसम्म थाइल्याण्डको बैंकक भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिका डलर करिब ११ अर्ब ५५ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सत्य निश्रपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानुन आयोगको सचिव पदमा र नेपाल कानुन आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिला आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया