बल्ल पूरा भयो सलोन बस्नेतको निर्माता बन्ने चाहाना, ‘हेल्लो ब्रो’को ट्रेलर सार्वजनिक

काठमाडौं : सलोन बस्नेतले लामै समयदेखि निर्माता बन्ने कसरत गरिरहेका थिए । सिरिज बनाउने घोषणा गरेका उनले यसका लागि तयारी पूरा गरेको समाचार पनि आएका थिए । अन्ततः दर्शकले उनले निर्माण गरेको सिरिज हेर्न पाउने भएका छन् । सिरिजमा सलोन आफैंले भने अभिनय गरेका छैनन् । ट्रेलरमा उनको भ्वाइस ओभर भने सुन्न सकिन्छ ।
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्मित नेपाली सिरिज ‘हेल्लो ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ । लेखक तथा निर्देशक सुरेश न्यौपानेको निर्देशन रहेको टे«लरको सिरिजमा युवाको कथालाई देखाइएको छ । सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, अलिस्था सुवेदी, मनीषा ओझा र सन्तोष गिरीको अभिनय छ ।
सलोन बस्नेत कार्यकारी निर्माता रहेको सिरिजमा रामजी राउत एपिसोड निर्देशक, सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त सिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन छ ।
त्यस्तै सिरिजमा बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । सिरिज साउन ७ गतेदेखि हरेक बिहीबार राति ७ बजे बुढा सुब्बाको बिएम टिभीबाट प्रसारण हुनेछ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया