मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

काठमाडौँ महानगरपालिकामा आज शोक बिदा

फाइल फोटो

काठमाडौँ महानगरपालिकाले आज शोक विदा दिएको छ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पीएल) सिंहको निधनमा ८८ वर्षीय सिंहको काठमाडौंको ठमेल चाक्सीबारीमा निधन भएको थियो। 

२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौँ नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए। 

सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ।

गत वर्ष सिंहको पेटको शल्यक्रिया गरिएको थियो। उनी लामो समयदेखि अस्वस्थ थिए ।