प्रिमियर लिगमा सिटीको अर्को हार, युनाइटेडको रोमाञ्चक जित

प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अर्को हार व्यहोरेको छ । आइतबार राति सिटीले आफ्नै मैदानमा चिर परिचित टिम म्यानचेस्टर युनाइटेडसँग २-१ को हार व्यहोरेको हो।
१-० ले पछि परेको स्थितिमा युनाइटेडले खेलको अन्तिममा रोमाञ्चक जित निकाल्यो। युनाइटेडले रोमाञ्चक जित निकाल्ने क्रममा खेलको ८८ मिनेटमा ब्रुनो फर्नान्डेज र ९० मिनेटमा अमद डिआलोले गोल गरे।
सिटीका जोस्को डिभारडिओलले खेलको ३६ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। त्यही अग्रतामा सिटी युनाइटेडसँग खेलको अन्तिम सम्हालिन सकेन।
८८ मिनेटमा फर्नान्डेटले पेनाल्टीमा गोल गरेका थिए भने डिआलोले लाउतारे मार्टिनेजको असिस्टमा गोल गरेका थिए। जारी प्रिमियर लिगमा यी दुबै टिमले खराब प्रदर्शनको कीर्तिमान नै बनाएका छन्। युनाइटेडले १६ खेल खेल्दा ६ वटा मात्रै जितेको छ। युनाइटेड २२ अंक बटुल्दै लिगको १३औं स्थानमा छ।
सिटी १६ खेलमा ८ जितसहित २७ अंकसाथ लिगको पाँचौं स्थानमा छ। लिगकै अर्को खेलमा चेल्सीले ब्रेन्टफोर्डमाथि २-१ को नतिजा निकालेको छ।
जितसँगै चेल्सी ३४ अंकसाथ लिगको दोस्रो नम्बरमा छ भने ब्रेन्टफोर्ड २३ अंक साथ ११ नम्बरमा छ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया