कोभिड-१९ बाट थप २५ जनाको मृत्यु, १२५५ मा संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमण भएका २५ विरामीको मृत्यु भएको छ । यो सँगै कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ७९ जना पुगेको छ । शनिबार कोभिडबाट १९ जना संक्रमितको मृत्यु भएको थियो ।
२४ घण्टामा एक हजार २ सय ५५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । आठ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो । परीक्षणका क्रममा काठमाडौं उपत्यकामा ५ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।
आइतबार १४०४ जना कोभिडमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख १३ हजार ५९० जना निको भएका छन् । नेपालमा कोभिड निको हुने दर ९० दशमलव ६ रहेको मन्त्रालले जनाएको छ ।
नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ वटा पीसीआर गरिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया