हलिउडको सिनेमालाई मात्र ‘भाउ दिने’ भन्दै समीक्षकसँग रिसाइन तापसी

मुम्बई : बलिउड अभिनेत्री तापसी पन्नू मनमा लागेको कुरा निर्धक्क भन्ने बानीका कारण बेलाबखत विवादमा परिरहन्छिन् । यतिबेला यस्तै परेको छ । विवादै त नभनुँ तर तापसी आफ्नो फिल्मको गलत समीक्षा गरेको भन्दै बलिउडका समीक्षकसँग असन्तुष्ट भएकी छिन् ।
भर्खरै नेटफ्लिक्समा रिलिज भएको तापसीको फिल्म ‘हसिन दिलरुबा’लाई बलिउडका केही समीक्षकले गतिलो रेटिङ नदिएपछि तापसी असन्तुष्ट भएकी हुन् । उनले समीक्षक हलिउड फिल्म भन्ने बित्तिकै जतिसुकै काम नलाग्ने भए पनि हुरुक्क हुने तर बलिउडको फिल्म चाहिँ जतिसुकै राम्रो भए पनि राम्रो नभन्ने आरोप लगाएकी छिन् ।
‘मुभी रिभ्यु व्यक्तिगत छनौटको कुरा हो । फिल्म तथा चरित्रको समीक्षाको म स्वागत गर्छु जसले मलाई सिक्न र सुधार्न मद्दत पनि गरेको छ । तर, व्यक्तिगत आलोचनाले समीक्षकलाई ट्रोलरको तहमा झार्छ,’ उनले फिल्म समीक्षकको समीक्षाको प्रतिक्रियामा लेखेकी छिन् । उनले समीक्षकले हलिउड फिल्मको तारिफ गरेकोमा पनि पनि असन्तुष्टि पोखेकी छिन् ।
‘हलिउड फिल्म जतिसुकै कमजोर भए पनि हाम्रा समीक्षकलाई राम्रो लाग्छ । यहाँ हामी जति मेहनत गरौँ वा जति प्रयोग गरौँ उनीहरूका लागि कम नै हुन्छ,’ उनले लेखेकी छिन्, ‘ उनीहरूलाई चित्त बुझाउने एउटै उपाय छ, अब लसएन्जल्समै काम गर्ने ।’
केही समीक्षकले सोही दिन रिलिज भएको हलिउड फिल्म ‘टुमरो वार’ को तारिफ गरेर ‘हसिन दिलरुबा’को आलोचना गरेपछि तापसी समीक्षकसँग असन्तुष्ट भएकी हुन् । केही समीक्षकले नराम्रो माने पनि ‘हसिन दिलरुबा’ले थुप्रै समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको छ । फिल्ममा तापसीबाहेक विक्रान्त मासे र हर्षवद्र्धन रानेको अभिनय रहेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया