निर्भीकले ल्याए 'धमिलो रङ रानीपोखरीको'
काठमाडौँ - निर्भीकजंग रायमाझीको शब्द रचना तथा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीतमा 'धमिलो रङ रानीपोखरीको' बोलको गीत सार्वजनिक भएको छ ।
गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दु:ख तथा श्रमको मूल्यबारे बोलेको छ । 'त्यसरी त कहिल्यै सोचिएन' कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले बताए ।
'संसारभरि नदी सभ्यता तथा पानीबारे गीत बनेका छन्' निर्भीकले भने, 'पोखरी पनि नदी सभ्यताकै एक रूप हो । गीतमा काठमाडौंको मात्र नभई सबैठाउँको रानीपोखरी, ताल, कुवा आदिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्न खोजेका छौं ।'
'हुरी स्टुडियो' कुपण्डोलमा रेकर्ड गरिएको गीत निर्भीकजंग रायमाझी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया