रवि लामिछानेमाथि अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार भएको छैन - गृहमन्त्री

काठमाडौँ - गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको भन्दै लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताएका हुन् ।
उनले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेको बताए । कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको उनको भनाइ छ ।
लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धि तर्फ अघि बढाउन ठूला दलहरू एक भएर सरकार बनाउनुपरेको बताए । सरकारको स्थायित्व कमजोर भएको र देश झन् समस्यामा परेकाले देशलाई स्थिरतातर्फ लैजाने एमाले–काँग्रेसको ध्येय रहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउनका लागि संविधान संशोधनको तयारी भइरहेको र यसका लागि सबै दलसँग छलफल गरिने स्पष्ट पारे । उनले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै २०८४ सालसम्म दुई दलीय सहमतिअनुसार अघि बढ्ने उल्लेख गरे ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

प्रतिक्रिया