काँग्रेसप्रति जनतामा निराशा बदल्ने अवस्था आउन दिनु हुँदैन - उपप्रधानमन्त्री सिंह

काठमाडौँ - उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेसप्रति जनतामा रहेको आशालाई निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताएका छन् ।
आइतबार काठमाडौंमा कांग्रेसको सय दिने अभियानअन्तर्गत काठमाडौं वडा ३१ मा आयोजित कार्यक्रममा कांग्रेसका नेता समेत रहेका सिंहले जनताको अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टीप्रति अहिले पनि जनताको ठूलो आशा रहेको भन्दै निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताएका हुन् ।
उनले कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले पार्टी हित बिपरित बोल्दा त्यसलाई जनतामा नकारात्मक नजिता देखिने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे ।
कांग्रेसका संगठनहरुमा देखिएका कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने उनले बताए ।
उनले संगठनकै माध्यमबाट जनप्रतिनिधिहरु बनेकाले संगठनलाई बेवास्ता गर्न नहुने उल्लेख गरे ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया