विराटनगरमाथि काठमान्डुको १ विकेटको जित, 'प्लेअफ'मा पुग्न सुदूरपश्चिमको भर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंगसमाथि काठमान्डु गुर्खाजले जित निकालेको छ । आइतबार बिहान त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा काठमान्डु गुर्खाजले १ विकेटको जितक निकालेको हो ।
खेलमा १९.५ ओभरमा अलआउट हुँदै विराटनगर किंग्सले ११७ रन बनाएको थियो । काठमान्डुले १८.१ ओभरमा ९ विकेटको क्षतिमा १२० रन बनायो ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगर किंग्सलाई ब्याटिङको निम्तो दिएका थिए । काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
सोमबार कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सुदूरपश्चिमसँग कर्णाली फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया