प्रधान सेनापति सिग्देल भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथि

काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले इन्डियन मिलिटरी एकेडमीको कवाज कार्यक्रममा प्रमुख अतिथि बनेका छन् ।
गत मंसिर २६ गते देखी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज भारतीय मिलिटरी एकेडेमीमा प्रमुख अतिथिको रूपमा कवाज प्रदर्शन अवलोकन गरेका हुन ।
प्रधान सेनापति महारथी अशोक राज सिग्देल देहरादुनस्थित इन्डियन मिलिटरी एकडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भई अधिकृत क्याडेटहरुद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गर्नुभयो’ नेपाली सेनाले जनाएको छ ।
यसअघि प्रधान सेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ दिल्लीस्थित विशेष समारोहमा मानार्थ प्रधान सेनापति प्रदान गरेकी थिइन् ।
प्रधान सेनापति सिग्देल भोलि स्वदेश फर्किँदै छन् ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया