मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एकीकृत समाजवादीमा आगामी कार्ययोजनाका साथै कार्य विभाजनका विषयमा छलफल

फाइल फाेटाे

काठमाडौँ - नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्य विभाजनका विषयमा छलफल भएको हो ।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्य योजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ ।

शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राइ, गङ्गालाल तुलाधर , चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् । उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरुमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भुराजनीतिक चुनौतीहरूको सामना गर्ने लगाएका विषयमा धारणा राखेका हुन् ।  अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् । स्थायी कमिटिको बैठक आइतबार सम्पन्न गर्ने नेकपा एकीकृत समाजवादीको तयारी छ ।