सन २०२४ मा गुगलमा धेरै सर्च भएपनि खुसी भइनन् हिना खान

मुम्बइ - सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ ।
यसैबीच गुगलले यो वर्ष सबैभन्दा धेरै खोजिएका भारतीय सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ ।
विशेष कुरा के छ भने यो लिस्टमा तीन भारतीय स्टार मात्रै परेका छन्, जसमा टिभी अभिनेत्री हिना खान, तेलुगु अभिनेता पवन कल्याण र निम्रत कौरको नाम समावेश रहेको छ ।
वास्तवमा हिना खान गुगलको २०२४ को ग्लोबल सर्च लिस्टमा पाँचौं स्थानमा छिन् । अभिनेत्रीले आफ्नो इन्स्टाग्राम स्टोरीमा २०२४ को टप सर्च लिस्टको स्क्रिनसट सेयर गरेकी छिन् । एक भावुक नोट पनि लेखेकी छिन ।
‘यो नयाँ उपलब्धिको लागि धेरैले मलाई बधाई दिइरहेका छन्, तर इमानदारीपूर्वक भन्नुपर्दा यो मेरो लागि न त उपलब्धि हो, न गर्व गर्ने कुरा हो, कसैको स्वास्थ्य समस्या वा विवादका कारण अनलाइन सर्च हुनु कुनै उपलब्धि होइन । म मेरो कडा मेहनत र उपलब्धिहरूका लागि मान्यता प्राप्त गर्न चाहन्छु, अरू कुनै कारणले होइन,’ उनले त्यसपछि लेखेकी छिन् ।
हिना खानले ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौटी जिंदगी के’ जस्ता शोमा काम गरिसकेकी छिन् । यस वर्षको सुरुमा अभिनेत्रीले आफ्नो स्तन क्यान्सर भएको जानकारी दिएकी थिइन् । तर, हिनाले आफ्नो रोगसँग पूर्ण साहसका साथ लड्दैछिन् र हरेक दिन सामाजिक सञ्जालमा आफ्ना अनुभव सेयर गरिरहेकी छिन् ।
उता, दक्षिण भारतका अभिनेता पवन कल्याण ग्लोबल सर्च लिस्टमा दोस्रो स्थानमा रहेका छन्। अभिनेता तेलुगु सिनेमामा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित छन्। उनी अभिनेता मात्र नभएर राजनीतिज्ञ पनि हुन् । सोही वर्ष २०२४ मा उनी आन्ध्र प्रदेशको उपमुख्यमन्त्री बनेका थिए ।
उनी भारतीय चलचित्रको दिग्दज मध्ये एक मानिन्छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया