अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनलाइ लगायो महाअभियोग

काठमाडौं - दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ ।
दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने उनको अल्पकालीन प्रयासमा महाभियोग लगाएको हो ।
महाअभियोग पछि उनको राजनीतिक यात्रा लगभग अन्त्य भएको छ । उनको सो कदम पछि देशभरि लाखौं संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।
एक सदनात्मक सभामा शनिबार युनलाई महाभियोग लगाउन प्रस्ताव गरेका थिए, जसमा २०४ सांसदले पक्षमा मतदान गरेका थिए भने ८५ मत महाअभियोगको विपक्षमा परेको थियो ।
मार्शल ल लगाउने उनको प्रयास विरुद्ध महाअभियोग लगाउने यसअघि प्रयास असफल भए पनि दोस्रो पटकमा भने संसदबाट पारित भएको थियो । सो मतदान प्रकियामा ३ सदस्य अनुपस्थित भएका थिए भने ८ मत बदर भएको जनाइएको छ ।
मतदान प्रकिया सम्पन्न भए पछि सभामुख वू वोन–सिकले महाभियोग प्रस्ताव पारित भएको घोषणा गर्दै अधिवेशनको समापन गरेका छन ।
‘हामी आशा गर्छौं कि तपाइँको वर्षको अन्त्य अब अलिकति खुशी हुनेछ र तपाइँका सबै रद्द गरिएका वर्ष अन्त उत्सवहरू पुनर्स्थापित हुनेछन्,’ उनले भने।
‘गणतन्त्र कोरियाको भविष्य र हाम्रो आशा जनताको हातमा छ, हाम्रो आशा बलियो छ। धेरै धेरै धन्यवाद,’ उनले सत्र समाप्त गर्दै भने।
अब संसदबाट महाअभियोग प्रस्ताव भएसँग राष्ट्रपतिको अधिकार ८० प्रतिशतले कटौती भएको छ ।
सो प्रस्ताव पारित भए पनि उनी पदमुक्त भने हुन्नन । त्यसका लागि संवैधानिक अदालतले पनि अनुमोदन गर्नु पर्नेछ । जहाँ रहेका ९ न्यायाधीश मध्ये कम्तीमा ६ जनाले संसदबाट पारित भएको महा अभियोगको पक्षमा उभिनु पर्ने संवैधानिक व्यवस्था छ ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित
चीनमा नयाँ उर्जा सवारीको लोकप्रियता उच्च विन्दुमा

अमेरिकी भन्सार नीतिले युरोप-अमेरिका व्यापार वार्तामा बाधा

सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप : ८९ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_oyb278zrTZ_t6zbunb4cmzqegucojgcu9drsewrwgeiyu3uxnii2yzeygpgzc5zlfllunsf.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु

लाहोरबाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि...

इमरान खानलाई छुटाउन पाकिस्तानी विपक्षी दलले अगस्ट ५ मा आन्दोलन गर्ने

प्रतिक्रिया