आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

नामी कार ‘ड्राइभिङ द फ्युचर’ : एक महिनामै गुड्न थाले ३ सय नामी नेपालको सडकमा

‘नाडा अटो शो २०२४’ मार्फत सार्वजनिक भएको नामी कारले छोटो समयमा लोकप्रियता हासिल गरेको छ । कम मूल्यमा ‘लक्जरियस’नेपाली सडकअनुसारको  ‘ग्राउन्ड क्लियरेन्स’ र ‘रेन्ज’ दिने यो कार एक महिनामै ३ सय बिक्री भएका हुन् ।  

नेपालको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले एक महिनामै नेपालको सडकमा ३ सय नामी कार गुड्न थालेको जनाएको हो । 

नामीले, बिग ह्याच विथ फाइभ-स्टार लक्जरी, अटोमोबाइल उद्योगमै नेपाल पहिलो पटक एक विशेष फेसन शो थिममा लन्च गरेको थियो। 

कारहरू लन्च गर्ने तरिकालाई पुनः परिभाषित गर्दै यो अनौठो डेब्यू एक स्टाइलिस र आधुनिक उदाहरण बन्यो जसलाई दर्शकहरूले पनि रुचाएका थिए । 

फेसन र अटोमोटिभ इनोभेसनको फ्युजनले ग्राहकहरूको ध्यान खिच्दै नामीको डिजाइन, इनोभेटिव प्रविधि र प्रिमियम अपिललाई दर्शाएको थियो।

ग्राहकहरूको उत्साह यतिमा मात्र रोकिएन। नाडा अटो शोमा नामीले नाडाभरि ७२० वटा भन्दा बढी बुकिङहरू प्राप्त गरेर आकर्षणको केन्द्र बन्दै आफ्ना उत्कृष्ट फिचर्सहरूले ग्राहकहरूलाई आकर्षित गरेको थियो। 

फ्रेमलेस ढोका, मेमोरी सिटदेखि लेभल २ ए.डी.ए.एस सुरक्षा प्रणाली र १२.८ इन्चको एड्भान्सड इन्फोटेनमेन्ट कन्सोलसम्म भएको नामीले आराम, सुरक्षा र प्रविधिको इनोभेटिव फ्युजन प्रदान गर्दछ। 

विभिन्न रङका विकल्पहरूको उपलब्धता र लक्जरियस डिजाइनले यसलाई आधुनिक ड्राइभरहरूका लागि अति आकर्शक विकल्प बनाएको छ।

सफलताको यस गतिलाई सदुपयोग गर्दै नामीले देशभरका ग्राहकहरूमा उत्साह ल्याउन क्षेत्रीय लन्चहरूको शृङ्खला नै सञ्चालन गर्यो । यी प्रयासहरूको सफलता नेपालको सडकहरूमा स्पष्ट देख्न सकिन्छ। 

नेपालको सडकमा गुडिरहेका ३०० नामी कारहरूले यसको भव्यता, दिगोपन र नवीनताको सशक्त बयान गर्ने एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले बताए । 

ब्रान्डको अहिलेसम्मको यात्राप्रति उत्साह व्यक्त गर्दै उनले भने, “नामीले हाम्रो अपेक्षाभन्दा धेरै माइलस्टोनहरु हासिल गरेको छ। फेसन शो थिममा ऐतिहासिक सुरुवातदेखि नाडा अटो शो र क्षेत्रीय लन्चहरूमा प्रभुत्व जमाउने नामी ग्राहकहरू माझ साँच्चै नै उल्लेखनीय बनेको छ। आज नेपालको सडकमा ३०० नामी कारहरू देखिनु हाम्रा ग्राहकहरूको यस ब्रान्डप्रतिको विश्वासको प्रमाण हो ।” 

नामीको सफलताको कथा आधुनिक सोच र ग्राहक केन्द्रित इनोभेसनको प्रमाण भएको उनले बताए । इभिको संसारमा यो प्रगति र लक्जरीको प्रतीक बनिरहेको कम्पनीको दावी छ । 

 

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?