जनजाति आन्दोलन सक्रिय बनाउनुपर्छ: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालका आदिवासी जनजातिको इतिहास र योगदानअनुसार आन्दोलनमा थप तीव्रता दिनुपर्ने बताएका छन् ।
आदिवासी जनजाति आयोगद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरूङले आदिवासीको अधिकारका लागि आन्दोलन सक्रिय बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘हामीले अब नयाँ ढङ्गले ‘मुभमेन्ट’ चलाउनु जरूरी छ ।’
आदिवासी जनजातिको आन्दोलन अन्तर्राष्ट्रियकरण गर्नुका साथै सीप र ज्ञानलाई स्थानीयकरण गर्न आवश्यक रहेको बताउँदै मन्त्री गुरूङले भने, ‘नेपालको आदिवासी आन्दोलन काठमाडौंमा मात्रै सीमित हुनुहुँदैन । किनकि एसियाको सबैभन्दा ठूलो आन्दोलन भनेकै आदिवासी जनजाति आन्दोलन हो ।’
अन्य देशमा आदिवासी जनजाति आन्दोलनले जुन उचाइका साथ सफलता हासिल गरेको छ, त्यसको तुलनामा नेपालको आदिवासी आन्दोलनको क्रियाशीलतामा कमी रहेको मन्त्री गुरूङको धारणा छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया